जोडिनुहोस
  • होमपेज
  • हाम्रो सरकारले न्यूनतम पारिश्रमिक इतिहासमै उच्च बनायो : अध्यक्ष ओली

हाम्रो सरकारले न्यूनतम पारिश्रमिक इतिहासमै उच्च बनायो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उनको भनाइ छ । “विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम भएको थियो । त्यही समझदारीका कारणले न्यूनतम पारिश्रमिक इतिहासमा उच्च, ३९ प्रतिशतले वृद्धि भएको थियो”, उनले भने ।

उनले न्यूनतम पारिश्रमिक वृद्धिले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हड्ताल र तालाबन्दीको समस्या अन्त्य भएको भन्दै त्यसपछि मुलुकको अर्थतन्त्रले तीव्र विकासको लय समातेको उल्लेख गरे । उनले एमालेको सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको सयममा वा सेवा निवृत्त भएपछिको जीवनको सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको उल्लेख गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका