जोडिनुहोस

खेलकुद

लेस्टरमाथि लिभरपुलको जित

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २, २०८०
लेस्टरमाथि लिभरपुलको जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । सोमबार राति घरेलु मैदानमा लेस्टर सिटीलाई एनफिल्ड क्लबले ३–० ले पराजित गरेको हो ।

कर्टिस जोन्सले दुई गोल गर्दै लयमा देखिएको लिभरपुललाई महत्वपुर्ण जित दिलाउन सफल रहे । पछिल्लो हारले लेस्टरमाथि रेलिगेशनको दबाब थपिएको छ । रेलिगेशन जोनमा रहेको लेस्टर अन्तिमबाट दोस्रो स्थानमा छ ।

योर्गेन क्लोपको लिभरपुलले पछिल्ला ७ प्रिमियर लिगमा जित निकालेको छ । शीर्ष चारको सम्भावनाको दौडमा आफुलाई कायम राखेको छ । लिभरपुल समान ६६ अंक रहेका चौथों स्थानको न्युक्यासल र पाँचौं स्थानको म्यान यु भन्दा मात्र एक अंकले पछि छ ।

लिरभपुलको तीनैवटा गोलमा मोहमद सलाहाले सहयोग दिएका थिए । उनै सलाहाको पासलाई सदुपयोग गर्दै जोन्सले ३३ औं मिनेटमा लिभरपुललाई अघि बढाएका थिए । त्यसको तीन मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गरेका थिए । अलेक्जन्डर अर्नोल्डले ७१ औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरेका थिए ।

१९ औं स्थानमा रहेको लेस्टरको ३० अंक छ । रेलिगेशन जोन भन्दा माथि रहेको एभर्टन भन्दा लेस्टर दुई अंकले पछि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका