जोडिनुहोस
  • होमपेज
  • सिटीलाई प्रिमियर लिगको उपाधि

सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राति दोस्रो स्थानको आर्सनलले हार व्यहोरेपछि सिटी प्रिमियर लिग च्याम्पियन बनेको हो ।

सिटीले सातौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । आर्सनललाई नटिङघम फरेस्टले १-० गोल अन्तरले हराएको हो ।

फरेस्टको जितमा ताइवो अवोनियीले निर्णायक गोल गरे । अवोनियीले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।

यस हारसँगै आर्सनलको उपाधि होड समाप्त भएको छ । आर्सनलले ३७ खेलमा ८१ अंक जोडेको छ ।

सिटी भन्दा आर्सनल ४ अंकले पछि रहेको छ । सिटीको ८५ अंक रहेको छ । फरेस्ट ३७ अंक जोडेर१६ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका