जोडिनुहोस
  • होमपेज
  • ला लिगा : बार्सिलोना पराजित

खेलकुद

ला लिगा : बार्सिलोना पराजित

ला लिगा : बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले हार व्यहोरेको छ । ला लिगाको उपाधि जितिसकेको बार्सिलोनालाई शनिबार राति रियल सोसिडाडले २-१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई सोसिडाडले उसैको मैदानमा हराएको हो । खेलको पाँचौं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै सोसिडाडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७२ औं मिनेटमा एलेक्सजेन्डर सोरिओथले गोल गर्दै सोसिडाडलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि बार्सिलोना २-१ ले पराजित भयो ।

घरेलु मैदानमा हार व्यहोरेको खेलमा बार्सिलोनाले उपाधि ट्रफी प्राप्त गरेको छ ।

बार्सिलोनाले ३५ खेलमा ८५ अंक जोडेको छ । सोसिडाड ६५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका