जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : चार खेल हुँदै

‘ए’ डिभिजन लिग : चार खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् ।

लिगको अन्तिम चरण अन्तर्गत शुक्रबार चार खेलहरु हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एपीएफ आज जित निकाल्दै रेलिगेसनबाट जोगिन चाहन्छ । एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तिमा बराबरीको नतिजा आवश्यकता रहेको छ ।

एपीएफ २५ खेलमा ३० अंक जोडेर ११ औं स्थानमा रहेको छ । फ्रेन्ड्सलाई पनि अन्तिम खेल महत्वपूर्ण रहेको छ । फ्रेन्ड्सलाई रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ ।

फ्रेन्ड्स २५ खेलमा २७ अंक जोडेर १३ औं स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौं स्थानमा रहेको छ । हिमालयन २५ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा रहेको छ । दुबै टोलीले रेलिगेसनको संकट टारिसकेको छ ।

यस्तै एन्फा कम्प्लेक्स एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको छ । खुमलटार रेलिगेसन नजिक रहेको छ । रेलिगेसनबाट जोगिन गणितीय सम्भावना राख्न पनि खुमलटारलाई जित्नैपर्ने दबाब छ ।

चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ । चर्च २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च आज जित निकाल्दै उपाधि उचाल्न चाहन्छ ।

यस्तै च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिस आज जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छ । पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सातदोबाटो पनि जित निकाल्दै सिजनको अन्त्य गर्न चाहन्छ । सातदोबाटो २५ खेलमा ३५ अंक पाँचौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका