जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तानमा शिक्षित युवालाई बेरोजगार हुनुको पीडा

अफगानिस्तानमा शिक्षित युवालाई बेरोजगार हुनुको पीडा

काबुल— अफगानिस्तानका शिक्षित युवाले अफगानिस्तानमा कामको अभाव भएकोमा चिन्ता व्यक्त गरेका छन् र तालिवानलाई रोजगारी उपलब्ध गराउन आह्वान गरेको अफगानिस्तानको टोलो न्यूजले उल्लेख गरेको छ।

कानून र राजनीतिशास्त्र संकायबाट स्नातक गरेका २६ वर्षीय फरदिनले बेरोजगारीको कारण आफूलाई निराश बनाएको बताए । उनले यो अवस्था कायम रहेमा अफगानिस्तान छाड्ने समेत चेतावनी समेत दिए ।

फरदिन, एक बेरोजगार युवाले भने, ‘मैले १६ वर्ष अध्ययन गरें र हाम्रो बारेमा कसैले सोच्दैन। यदि अवस्था यस्तै रहिरह्यो र कसैले हाम्रो कुरा सुनेन भने हामी देश छोड्न बाध्य छौँ’, टोलो न्यूजले उल्लेख गरेको छ।

मेर कमल अफगानिस्तानमा रोजगारीका अवसर नभएकाले अहिले बेरोजगार भएको बताए ।

राजनीतिक विश्लेषक जनत फहिम चकारीले आर्थिक चुनौतिको सामना गरिरहेका र आफ्नो भविष्यको लागि प्रेरणा नभएकाले युवाहरूले अफगानिस्तान छोडेको बताए। यसैबीच तालिबान नेतृत्वको श्रम तथा सामाजिक मामिला मन्त्रालयले युवाहरुलाई विभिन्न क्षेत्रमा काम उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ ।

तालिबान नेतृत्वको अर्थ मन्त्रालयले अफगानिस्तानमा गरिबी निवारण गर्न ठूलो आर्थिक परियोजनाहरू रहेको जनाएको छ । तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता अब्दुल रहमान हबिबले अर्थ मन्त्रालयले पूर्वाधार निर्माणमा लगानी र साना तथा मझौला उद्योगहरूको निर्माण र घरेलु उत्पादनलाई सहयोग गर्ने र निजी क्षेत्रलाई बलियो बनाउन ध्यान दिने बताए।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले अन्तर्राष्ट्रिय समुदाय र विकास संस्थाहरूलाई अफगानिस्तानमा लगानी सुरु गर्न आग्रह गरेको छ।
प्रतिवेदन अनुसार अफगानिस्तानमा झण्डै २ करोड मानिस, ४४ प्रतिशत , पर्याप्त खाद्यान्नको पाउनबाट बञ्चित रहेका छन् भने ३ करोड ४० लाख अफगानी गरिबीको रेखामुनी बाँचिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका