जोडिनुहोस
  • होमपेज
  • बसमा करेन्ट प्रवाह हुँदा घाइते युवकको मृत्यु, मृतक संख्या ३ पुग्यो

बसमा करेन्ट प्रवाह हुँदा घाइते युवकको मृत्यु, मृतक संख्या ३ पुग्यो

दाङ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते हुने एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार विहान राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्डको कपुरकोट-३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा बसमा करेन्ट प्रवाह भएको थियो ।

त्यस क्रममा करेन्ट लागेर घाइते भएका गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाँउ ३७ बर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नबराज केसीले बताए ।

यसअघि सो घटनामा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्दाजी ४० वर्षका टोपलाल डाँगीको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका