जोडिनुहोस
  • होमपेज
  • विमानस्थलबाट सुन बरामद- अनुसन्धानमा राजस्वले माग्यो प्रहरीको सहयोग

विमानस्थलबाट सुन बरामद- अनुसन्धानमा राजस्वले माग्यो प्रहरीको सहयोग

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट बरामद भएको सुनको अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीको सहयोग मागेको छ । भन्सार जाँचपास भएर बाहिरिएको सुन बरामद प्रहरणको अनुसन्धानका लागि विभागको अनुरोधपश्चात प्रहरी मुख्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको छ ।

उनी मानव बेचबिखन व्युरोमा कार्यरत् रहेको बताइएको छ । एसपी पंगेनी यसअघि गम्भीर प्रकृतिका अपराधिक घटनाको अनुसन्धानमा संलग्न भएकाले अनुभवको आधारमा उनलाई खटाइएको प्रहरी उच्च स्रोतले बतायो ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कार्गोमा बरामद सुन राष्ट्र बैंकको टक्सार महाशाखामा तौलिँदा १५५ केजी देखिएको थियो । उक्त सुन रेडी ट्रेडर्स प्रालिको नाममा मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका