जोडिनुहोस
  • होमपेज
  • विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारी कुटेको घटना छानबिन गर्न समिति गठन

विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारी कुटेको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।

(शुक्रबार) प्रहरीले अध्यागमनका कर्मचारीहरूलार्य कुटपिट गरेको घटनामा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मनत्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘घटना छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ वास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहने गरी छानबिन समिति गठन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ।

अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार कुटपिट गरेको जनाइएको छ । प्रहरीले सुरुमा अधिकृत मोक्तानमाथि हातपात गरेका थिए । उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल–फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । त्यस क्रममा विवाद हुँदा प्रहरीले अधिकृतमाथि हातपात गरेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका