जोडिनुहोस
  • होमपेज
  • एनआईसी एसिया बैंकको कर्तुतः ऋणी धम्क्याउन गुण्डा परिचालन

एनआईसी एसिया बैंकको कर्तुतः ऋणी धम्क्याउन गुण्डा परिचालन

एनआईसी एसिया बैंकले आफ्ना ऋणीहरुबाट पैसा असुल्न भारतकाट गुण्डाबाट धम्क्याउने गरेको खुलेको छ । शुरुमा फकाएर पैसा दिने बैंकले पैसा र्फिता गर्न केही समय ढिलो भयो भने जग्गा हत्याउनेदेखि गुण्डा लगाएर ऋणी धम्क्याउनेसम्मको काम गरेको छ । ग्राहकलाई ठग्न सक्रिय एनआईसि एसिया बैंक पछिल्लो समय निकै अराजक र निर्मम बन्दै गएको छ ।

भर अबरमा तपाईंले पनि बैंकबाट ऋण लिनु भएको होला । बैंकको ऋण लिएपछि ब्याज तिर्नै पर्ने हुन्छ । यो स्वभाविक प्रकृया हो । अनि केहि गरी समयमा ब्याज तिर्न सकिएन भने बैंकले ताकेता गर्न शुरु गर्छ । यो पनि स्वभाविक नै हो । तर एनआईसी एसिया बैंकले चाँहि ऋण असुल गर्न भारतिय गुण्डा नै ल्याएर ऋणीलाई तर्साउने गरेको छ । शुरुमा ग्राहकलाई बिभिन्न लोभ र आत्मियता देखाउँदै ऋण प्रवाह गर्ने एनआईसी एसिया बैंकले ऋणीलाई टार्गेट गरेर गुण्डा शैलीको अनुसरण गर्न थालेको खुलासा भएको छ ।

किस्ता तिर्न केही समय ढिलो भएको निहुँमा ग्राहकलाई मनोवैज्ञानिक दबाब दिने, सामाजिक प्रतिष्ठा नै लिलाम गर्ने, धम्क्याउने, थर्काउने र ऋणीको घरमा सुरक्षा गार्ड नै राखिदिने लगायतका कारणले एनआइसी एसिया बैंक आजकल बदनाम बन्दै गएको छ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा राखेको यो बैंक न त साथी हुन सक्यो न त राम्रो हुन सक्यो ।

आफ्ना ग्राहकलाई दुःख दिन र ठग्न भने पटक पटक पहिलो नम्बरमा पर्न सक्यो । एनआइसी एसिया बैंक लामो समयदेखी लगातार विवादमा पर्दै आईरहेको छ । एउटा कम्पनीको नाममा रहेको चेक अर्कै कम्पनीको खातामा जम्मा गरिदिने, खातामा भएको पैसा बेपत्ता पारिदिने, जग्गाधनीलाई थाहै नदिई किर्ते कागजत बनाएर ऋण निकालेर खाने लगायतका काम बैंकले गर्दैै आईरहेको छ ।

केहि समय अघि मात्रै, पोखराका सूर्य खत्रिले समयमा पैसा तिर्न नसकेको निहुँमा बैंकले विभिन्न प्रपञ्ज रचेर उनको सम्पत्ती हत्याएको समाचार सगरमाथा टेलिभिजनबाट प्रसारण भएको थियो । जसका कारण एनआईसी एसिया बैंकको चर्को विरोध पनि भयो । यस्तै केही अघि पनि दमकमा एक ऋणीले समयमा पैसा नतिरेको भन्दै उनको घरमा एनआईसी एसिया बैंकले गुण्डा नै राखेको थियो ।

२०७९ चैतमा दमक नगरपालिका–५ का दुर्गाप्रसाद कँडेलको घरमा बिहान ९ बजेदेखी साँझ ५ बजेसम्म गुण्डाहरुले निगरानी गर्ने गरेका थिए । यसरी पटक पटक ऋण दिएको बहानामा फकाई फकाई पैसा दिने एनआईसि एसिया बैंकले ब्याज र ऋण चुक्ता गर्न केहि ढिलो भयो भने निर्ममता देखाउँदै आएको छ ।

धितो राखेरै ऋण दिने बैंकले समयमा किस्ता तिर्न पैसा नसक्दा ग्राहकको मनमा त्रास पैदा गरेर कानुन विपरितको काम गरेको अर्थविद्हरु समेत बताउँछन् । ऋण दिईसकेपछि बैंकले, यदि ग्राहकले लिएको ऋणको सदुपयोग वा व्यापार गर्ने वातावरण नबनेको अवस्थामा केही समय कुर्नुपर्नेमा गुण्डा परिचालन गर्नु बैंकको नीति विपरित रहेको अर्थविदहरुको तर्क छ ।

माडवारीहरुद्धारा सञ्चालित एनआइसी एसिया बैंकको व्यवस्थापन पक्ष, नेता व्यवस्थापनमा सिमित छ । उनीहरुले विदेशी गुप्चरहरुको फुर्ति लगाएर राजनीतिमा आफ्नो पकड बनाउने गरेका छन् । बैंकलाई राजनीतिक संरक्षण रहेकै आडमा उनीहरुले निर्धक्कले ग्राहकलाई धम्क्याउने गरेका छन् । जसका कारण एनआईसी एसियाबाट ऋण लिदा धेरै पटक सोचेर मात्र लिनुपर्ने देखिएको छ । यस विषयमा बुझ्न खोज्दा एनआईसीका सूचना अधिकारी अर्जुन खनियाले आफूहरुले त्यस्तो गरेको स्विकारर्दैनन् ।

बरु सञ्चारकर्मी नै गलत भएको उनको टिप्पणी थियो । तथापी उनले यस बिषयमा जवाफ दिन भने चाहेनन् । यता एनआईसी एसिया बैंकका सिईओ रोशनकुमार न्यौपानेसमेत सर्वसाधारणदेखि ग्राहक र सरकारसम्म ठग्न सक्रिय भएका देखिन्छन् । उनले बुढानिलकण्डको सार्वजनिक जग्गा पनि आफ्नो नाममा गराउन खोजेको तथ्य केही समय अघि मात्रै बाहिरिएको थियो । यसरी एनआईसी एसियाका सिईओ नै यसरी विवादित विषयमा पर्नेदेखि बैंकले ग्राहकलाई गरेको निर्मम व्यवहारका कारण आजकल बैंकको छबि बिग्रीएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका