जोडिनुहोस
  • होमपेज
  • महिला विश्वकपः आजबाट क्वार्टरफाइनलका खेल सुरु

महिला विश्वकपः आजबाट क्वार्टरफाइनलका खेल सुरु

काठमाडौँ।फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।

स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्।

विश्वकपमा ४ पूर्व च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ। आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन्। एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो। ४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ। यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ।

पहिलो पटक ३२ राष्ट्र समावेश गरिएको यो विश्वकपमा एसियाबाट ६ टोलीको सहभागीता रहँदा जापान र घरेलु टोली अष्ट्रेलियामात्र क्वाटरफाइनल पुगे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका