जोडिनुहोस
  • होमपेज
  • अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक, मानेले गरे दुई गोल

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक, मानेले गरे दुई गोल

काठमाडौँ । साउदी प्रो लिगमा अल नासरले शानदार कमब्याक गर्दै फराकिलो जित हासिल गरेको छ ।

यसअघिका लगातार दुई खेलमा हार बेहोरेको अल नासरले शुक्रबार राति सम्पन्न खेलमा अल फातेहविरुद्ध ५(० को गोल निकाल्दै लिगमा शानदार कमब्याक गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए भने साडियो मानेले २ गोल गरेका थिए ।

रोनाल्डोले खेलको ३८औँ, ५५औं र ९६औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यसैगरी साडियो मानेले अल नासरका लागि पहिलो गोल समेत यसै खेलमा गरेका थिए । मानेले खेलको २७औं र ८१औं मिनेटमा गोल गरेका थिए ।

यस खेलमा अब्दुलरहमान घरीबले २ गोल असिस्ट गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल असिस्ट गरेका थिए ।

यो अल नासरको यस सिजनको तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि अल नासरको ३ खेलमा ३ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।

त्यस्तै अल फातेहको भने ३ खेलमा ४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ । अल नासरले लिगमा अर्को खेल अल शबाबविरुद्ध अगस्त २९ मा खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका