जोडिनुहोस
  • होमपेज
  • भारतको आसामबाट सिङ्गापुरमा फलफूल ढुवानी

भारतको आसामबाट सिङ्गापुरमा फलफूल ढुवानी

नयाँ दिल्ली— भारतका असम राज्यबाट सिंगापुरमा फलफूल ढुवानी हुन थालेको छ । भारतका लागि सिंगापुर उच्चायुक्त साइमन वोङले आसामबाट सिंगापुरमा फलफूलको पहिलो हवाई कार्गो ढुवानी भएको खुसी व्यक्त गरेका छन् ।

ढुवानीले भारतको पूर्वोत्तर राज्यबाट सिंगापुरमा प्रत्यक्ष कृषि–निर्यात भएको छ ।

वोङले यस अग्रगामी पहलका लागि आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मालाई धन्यवाद दिएका छन् ।

आसाममा सन् २०२२–२३ मा ३३८ दशमलव ९८ मेट्रिक टन भुँई कटहर उत्पादन भएको छ । यो भारतको कुल उत्पादनको १८ दशमलव ७५ प्रतिशत हो । आसाम भारतको सबैभन्दा धेरै भुँई कटहर उत्पादन गर्ने दोस्रो राज्य पनि हो । आसामले २०१९ देखि दुबईमा पनि भुँई कटहर निर्यात गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका