जोडिनुहोस
  • होमपेज
  • युनाइटेडमाथि वायर्नको रोमाञ्चक जित

युनाइटेडमाथि वायर्नको रोमाञ्चक जित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत समूह ए को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

७ गोल भएको खेलमा वायर्नले युनाइटेडलाई ४-३ ले हरायो ।

घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा लरेय सानेले २८औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा सर्ज जीनाब्रीले गोल गर्दै पहिलो हाफमा वायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा पाँच गोल भयो  । ४९औं मिनेटमा युनाइटेडका आर होलमन्डले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, ५४औं मिनेटमा इंग्लिस फरवार्ड केनले पेनाल्टीमा गोल गरेपछि वायर्नले ३-१ को अग्रता बनायो ।

युनाइटेडका लागि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपनि इन्जुर टाइममा दुवै टिमले गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा माथिस तेलले गोल गर्दै वायर्नलाई ४-२ को अग्रता दिलाए । इन्जुरी टाइमको पाँचौ मिनेटमा कासेमिरोले व्यक्तिगत दोस्रो गोल गरे तर युनाइटेडको हार टार्न पर्याप्त भएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका