जोडिनुहोस
  • होमपेज
  • ५ वर्षका लागि २ करोड ८८ लाखमा ठेक्का लाग्यो चोभार सुख्खा बन्दरगाह

५ वर्षका लागि २ करोड ८८ लाखमा ठेक्का लाग्यो चोभार सुख्खा बन्दरगाह

काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ । बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो ।

उक्त कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ । यो परियोजना विश्व बैंकको १ अर्ब ६७ करोड ऋणमा बनेको हो । विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरबाट बन्दरगाह सञ्चालनका लागि २ वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो ।

‘पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रुपमा छनोट भएको छ,’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ।

२२ चैत २०७८ देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको थियो । टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत् छनोट भएको विकास समितिले जनाएको छ । सार्वजनिक निजी साझेदारी  मोडेलमा ५ वर्षका लागि हुने सञ्चालन समझदारी भने केही दिनमा हुने समितिले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका