जोडिनुहोस
  • होमपेज
  • कोशीमा ओलीलाई निषेध गरिए पहिचानवादीसँग भिड्न एमालेको स्वयंसेवक दस्ता तयार

कोशीमा ओलीलाई निषेध गरिए पहिचानवादीसँग भिड्न एमालेको स्वयंसेवक दस्ता तयार

काठमाडौं । कोशी प्रदेशको नामांकन फिर्ता लिँदै आफूहरूले भनेको नाम राख्न भन्दै पहिचानवादी पक्षधरले आन्दोलन चर्काएका छन् । उनीहरूले नेपाली कांग्रेस, एमालेलगायत दलका नेताहरूको गतिविधिमा अवरोध गरिरहेका छन् । ठाउँठाउँमा बाटो अवरोध गरिरहेका छन् ।

पहिचानवादी समूहले एमालेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेशमा अवरोध गर्ने हल्ला चलेको छ । त्यसप्रति आपत्ति जनाउँदै एमाले अध्यक्ष केपी ओलीले बिहीबार बागलुङमा आयोजित जनसभामा कोशी प्रदेश कसैको बिर्ता नभएको बताए ।

ओलीले त्यसो भनेलगत्तै लोकतान्त्रिक आदिवासी जनजाति महासंघले ‘काउन्टर’ तयारी गरेको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा २६ गते कोशी प्रदेश प्रवेश गर्दैछ ।

उदयपुर, ओखलढुंगा र खोटाङको सिमाना घुर्मी बजारमा एमालेको मध्यपहाडी यात्रा प्रवेश गर्ने दिन पारेर पहिचानवादीहरूले कोशी नाम खारेजीविरुद्धको सभा गर्ने भनेका छन् ।पहिचानवादीहरुले एमालेको अभियान कोशीमा अवरोध गर्ने घोषित नीति लिएपछि एकातिर सुरक्षा निकायले निगरानी बढाएको छ भने अर्कोतिर एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले अवरोध भए लखेट्ने र प्रतिवाद गर्ने योजना बनाएको छ ।

महासंघ आबद्ध आदिवासी जनजाति युवाहरुको स्वयंसेवक टोली कोशीका प्रत्येक जिल्लामा निर्माण गरिएको महासंघका कोशी प्रदेश सचिव हरि लिम्बूले बताए । पहिचानवादीसँग भिड्न परे आदिवासी जनजातिकै स्वयंसेवक टोली भिड्ने तयारीमा रहेको छ । पहिचानवादी जसरी आउँछन्, त्यसैगरी व्यवहार गर्ने भन्दै स्वयंसेवक निर्माण गरिएको हो । यसले अबको एक सातापछि कोशीमा ठूलै झडपको सम्भावना आकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका