जोडिनुहोस
  • होमपेज
  • प्रशोधित सुपारी आयातमा अतिरिक्त कर लगाउन निर्देशन

प्रशोधित सुपारी आयातमा अतिरिक्त कर लगाउन निर्देशन

संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बाह्य मुलुकबाट नेपालमा आयात हुने सुपारीमा अतिरिक्त कर थप गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको १४ औं बैठकले यस्तो निर्णय गरेको हो । नेपाल आयात गरेर नेपाली सुपारी भन्दै पुनः भारत लगायतमा सुपारीको तस्करी भइरहेको निष्कर्षसहित समितिले नेपालमा बाह्य मुलुकको सुपारी आयात नै हुन नदिनेगरी कर लगाउन सरकारलाई भनेको हो ।

यस्तो करका बाबजुद पनि आयात हुने सुपारीबाट हुने आम्दानी नेपाली सुपारी कृषिको हकमा लगाउन समेत समितिले निर्देशन दिएको छ ।

यस्तै समितिले यथास्थितिमै नेपालबाट भारत तथा तेस्रो मुलुकमा कुनै प्रकारका सुपारी निर्यातको गर्नदिन नसकिने निर्णय गरेको छ ।

बैठकमा नेपालमा उत्पादन हुने कच्चा सुपारी कच्चा अवस्थामै निर्यातको अनुमति दिनेबारे छलफल गरे पनि अध्ययन र अनुगमनविना निर्यातको कुनै निर्णय नगर्ने समझदारी गरेको हो ।

तेस्रो मुलुकबाट आायात हुने सुपारी नेपालबाट तस्करी भएर भारतीय बजार पुगेको र नेपाललाई दलाल समूहले बदनाम गरेको भन्दै समिति सदस्यहरुले नेपाली सुपारी खेतीको स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै, सुपारी खेती प्रवर्द्धन गर्न, सुपारीलाई कृषिजन्य उपजमा सूचीकरण गर्न, नेपाली किसानबाटै सुपारी प्रशोधनका लागि यन्त्रिक सहयोगका लागि अनुदान उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका