जोडिनुहोस
  • होमपेज
  • रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

आर्थिक

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

  • Sagarmatha TV
  • शुक्रबार, मंसिर २२, २०८०
रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ ।

शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह ९रेमिट्यान्स० ३० प्रतिशतले वृद्धि भएको जनाएको हो । विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति रु १२ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भइ २०८० असोज मसान्तमा रु।१६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका