जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल पुस १८ गते बुधबारको राशिफल

आज २०८० साल पुस १८ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृषः योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने योग देखिएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। परिवारबाट खुशी प्राप्त हुनेछ।

मिथुनः दिन राम्रो छ। धेरै साथीमध्ये तपाईंले उत्कृष्ट नतिजा प्राप्त गर्नुहुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारमा खटपटी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

कर्कटः बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी सँगसँगै भएकाले विवेक प्रयोग गर्नुपर्छ। सानो विषय भनेर लापरवाही नगर्दा घाटा हुनसक्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

सिंहः दिन सामान्य छ। व्यापारमा फाइदा हुनेछ। खाने समयमा रिस उठ्नाले घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्यको ख्याल गर्नु नै उत्तम हुन्छ।

कन्याः हातमा चन्द्रमा छन्। दान गरेमा मान बढ्नेछ। साथीसँग बोल्दा नम्र बन्नु राम्रो हुन्छ। पारिवारिक, वैदेशिक र राष्ट्र सेवाको क्षेत्रमा प्रगति हुनेछ।

तुलाः दिन सामान्य छ। सानो गल्तीको ठुलो आरोप र विरोध हुने योग रहेको छ। तपाईं हरेक क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र राम्रो छ। विदेश यात्रा हुनसक्छ। परिवारको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

वृश्चिकः समय सामान्य छ। हिजो सहयोग गर्नेहरु टाढा हुनेछन्। सञ्चित धन खर्च हुने योग रहेको छ। स्वास्थ्य र शिक्षामा अब्बल हुनेछ। पारिवारिक सम्बन्धमा धोका सहनुपर्ने बाध्यता रहेको देखिन्छ।

धनुः आजको दैनिकी सामान्य छ। शिक्षाको क्षेत्रमा अवरोध हुनसक्छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। स्वास्थ्य अवस्था राम्रो छ। सोचेको भन्दा परिवारको विचार फरक हुने भएकाले वादविवाद हुनसक्छ।

मकरः दिन राम्रो छ। तपाईंले आलस्य त्याग्नु राम्रो हुन्छ। राष्ट्र सेवामा नाम कमाए पनि परिवारको कलहले सताउने छ। आफन्त टाढिनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।

कुम्भः दिन सामान्य छ। आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। पिपलको पूजा गर्नु राम्रो हुन्छ।

मीनः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा तपाईंको लगानी भए आम्दानी बढ्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका