जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ ७ गते आइतबारको राशिफल

आज २०८० साल माघ ७ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन सामान्य राम्रो छ । आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ ।

वृषः चन्द्रमा उदय भएकाले दिन राम्रो छ । साथीबाट सहयोग मिल्नेछ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । खानपानमा सचेत हुनु फाइदा हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ ।

मिथुनः दिन राम्रो छ । नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ । धर्ममा मन जानेछ । मिठो खान पाइने छ । नयाँ साथीसँगको आनन्द अनुभूति हुनसक्छ । व्यापारी साथी सकारात्मक छन् । परिवारसँगको सम्बन्ध सुमधुर देखिन्छ ।

कर्कटः दिन सामान्य छ । हरेक क्षेत्रमा तनाव हुनसक्छ । राम्रा कामको जस अरुले लिनेछन् । बिहानै उठेर वर र पिपलको दर्शन गरेर कामको सुरुवात गरे दिन राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट धोखा हुने देखिन्छ ।

सिंहः दिन राम्रो छ । वैदेशिक क्षेत्रमा लगानीबाट राम्रो हुनेछ । शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्धमा तनाव बढ्ने छ । कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्याः दिन राम्रो छ । कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । अचानक रोगको प्रभाव देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग रहनेछ ।

तुलाः दिन राम्रो छ । शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ ।

वृश्चिकः दिन सामान्य राम्रो छ । आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ । सहकर्मी विरोध गर्न जुटेका छन् । सहकर्मीसँग सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ र सहयोग राम्रो रहने छ ।

धनुः दिन राम्रो छ । कर्मको फल प्राप्त गर्न सहज हुनेछ । बोलीको प्रभाव रहने छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः समय सामान्य छ । अचानक खर्च बढ्ने योग रहेको छ । आफ्नाले कुरा काट्ने छन् । माथिल्लो निकायबाट साथ रहने छ । परिवारको साथ मिल्नेछ ।

कुम्भः समय राम्रो छैन । अचानक पुरानो रोगले दुःख दिन्छ । आफूले कमाएको धनमा अरुको आँखा लाग्न सक्छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध राम्रो हुने दिन छ ।

मीनः समय राम्रो छ । तपाईं धन्यवादको पात्र बन्नुहुन्छ । झुक्याउने साथीसँग सचेत हुनुपर्छ । सहयोग गर्ने साथीको संख्या बढी भएकाले डराउनु आवश्यक छैन । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका