जोडिनुहोस
  • होमपेज
  • अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित

अपराजित पुलिसको आठौँ जित, कर्णाली १०३ रनले पराजित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमाथि १०३ रनको फराकिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ३८ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो । मौसमका कारण ३८ ओभरमा छोट्टाइएको खेलमा पुलिसका आरिफ सेखले ७६ रन बनाए । ओपनर कुसल भुर्तेलले ४८ रन बनाउँदा करन केसीले आक्रामक अर्धशतक पूरा गरे । उनले २७ बलमा ५ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए ।लुम्बिनीका नर सार्कीले ४ विकेट लिँदा बिर मगरले ३ र कृष्ण कार्की र अभिषेक गौतमले समान १ दशमलव १ विकेट लिए । २४६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ३६ दशमलव ३ ओभरमा १४२ रनमा अलआउट भयो । लुम्बिनीका दिलसाद अलिले ३६ र नर सार्कीले ३१ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका कुशल भुर्तेलले ३ र करन केसीले २ विकेट लिए । ललित राजवंशी, सागर ढकाल, रासिद खान र रोशन भुदालले समान १ दशमलव १ विकेट लिए । यसअघि नै प्रधानमन्त्री कपको फाइनलमा प्रवेश गरेको पुलिसको यो प्रतियोगितामा लगातार आठौँ जित हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका