जोडिनुहोस
  • होमपेज
  • द क्लिफमा ‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

द क्लिफमा ‘कमाण्डो’ तालिम अन्तर्गत नेपाल प्रहरीका प्रशिक्षार्थी बञ्जी जम्प गर्दै

कुष्मा। नेपाल प्रहरिको ‘प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम’ अन्तर्गत नवौं समूहमा तालिमरत प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मा स्थित द क्लिफ पुगेका छन् । प्रहरी युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई बिहिवार, शुक्रबार र शनिबारसम्म बन्जी जम्प योजना रहेको छ । बिहिवार १२ जनाले जम्प गरेका छन् भने बाँकिले शुक्रबार र शनिबार जम्प गर्ने योजना छ ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराउन लागिएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ ।

तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका