जोडिनुहोस
  • होमपेज
  • फ्रान्समा गुगललाई २५० मिलियन युरो जरिवाना

अन्तर्राष्ट्रिय

फ्रान्समा गुगललाई २५० मिलियन युरो जरिवाना

  • Sagarmatha TV
  • बिहिबार, चैत्र ८, २०८०
फ्रान्समा गुगललाई २५० मिलियन युरो जरिवाना

फ्रान्सले गुगललाई २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात् २७२ मिलियन डलर जरिवाना लगाएको हो । फ्रान्सको सो नियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण जरिवाना तिराउने भएको बताएको छ । सम्झौताले मिडिया कम्पनीहरूलाई उनीहरूको सामग्री अनलाइन पुनः उत्पादन गर्न भुक्तानी मामिलामा यो जरिवाना तिराएको हो । पेरिसका अधिकारीहरूका अनुसार गुगलले समाचार प्रकाशकहरूसँग उनीहरूको सामग्रीको प्रयोगको पारिश्रमिक कति हुनेछ रु भनेर असल विश्वासका लागि वार्ता नगरेको आरोप लगाएका थिए । फ्रान्सेली अधिकारीहरूले हालैका वर्षहरूमा गुगलमा लगाएका धेरै दण्डहरूमध्ये यो सबैभन्दा नयाँ हो । टेक टाइटन विरुद्ध पेरिसको दण्डात्मक कार्यहरू डेटा सुरक्षा र प्रतिलिपि अधिकार मुद्दाहरूमा मुख्य रूपमा केन्द्रित छन्। जहाँ सुन्दर पिचाईको नेतृत्वमा रहेको कम्पनीलाई भुक्तान गर्न भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका