जोडिनुहोस
  • होमपेज
  • आईपीएल क्रिकेट ; आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

आईपीएल क्रिकेट ; आज पञ्जाव र दिल्ली तथा कोलकाता र हैदराबाद खेल्दै

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । आजको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे पञ्जाव र दिल्लीबिच हुनेछ । पञ्जावको कप्तान शिखर धवन र दिल्लीको ऋषभ पन्त छन् । पन्त झण्डै डेढ वर्षपछि मैदान फर्किदैछन् । सन् २०२२ को डिसेम्बरमा दुर्घटनामा परेसँगै उनी मैदान बाहिर थिए ।

आजको दोस्रो खेलमा राती पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । कोलकाताको कप्तानी श्रेयस ऐर र हैदराबादको प्याट कमिन्सले गर्नेछन् । कोलकातामा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी अष्ट्रेलियाका मिचेल स्टार्क छन् । उनलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो ।

त्यस्तै अस्ट्रेलिया क्रिकेट टोलीका कप्तान कमिन्स आईपीएल इतिहासकै दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई हैदराबादले २० करोड ५० लाख भारुमा अनुबन्ध गरेको हो । हिजोदेखि शुरु भएको आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । उसले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई छ विकेटले हरायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका