जोडिनुहोस
  • होमपेज
  • भारतविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि बन्द प्रशिक्षण आजबाट

भारतविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि बन्द प्रशिक्षण आजबाट

काठमाडौं, भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुने भएको छ । बन्द प्रशिक्षणका लागि प्रशिक्षण जिम्मेवारी पाएका अनन्तराज थापाले ४३ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई मैत्रीपूर्ण खेलकै लागि माघ १५ गते नेपाली टिमको जिम्मेवारी सुम्पिएको थियो । एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका