जोडिनुहोस
  • होमपेज
  • जाडोमा मदिरा सेवन गर्दै हुनुहुन्छ ? होसियार !

स्वास्थ्य/जीवनशैली

जाडोमा मदिरा सेवन गर्दै हुनुहुन्छ ? होसियार !

  • Sagarmatha TV
  • शुक्रबार, माघ २७, २०७९
जाडोमा मदिरा सेवन गर्दै हुनुहुन्छ ? होसियार !

काठमाडौं । अहिले देशरभर जाडो बढेको छ । यो समयमा आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । जाडो भगाउने बहानामा मानिसहरु मदिरा सेवन गर्नेगर्छन् । शरीर न्यानो बनाउने भन्दै मदिरा सेवन गर्दा निकै जोखिम हुने चिकित्सकहरु बताउँछन् ।

धुमपान र मद्यपान गर्दा न्यानोको अनुभूति भएपनि त्यो एक भ्रम मात्र भएको चिकित्सकहरुको दावी छ । त्यतिमात्रै होईन मद्यपानका कारण शरीर चिसो हुने हुन्छ । त्यसैले यो मौसममा मद्यपान गरेर सुतेकाहरुको राति नै मृत्यु समेत भएका घटनाहरु सार्वजिनक भएका छन्।

यस्तो समयमा मद्यपान गरेर चिसो बाहिर धेरै हिँड्नाले शरीर चिसिने समस्या हाइपोथर्मिया हुनसक्छ । जाडो मौसममा स्वस्थ्य व्यक्तिको शरीरको तापक्रम ३४ र ३५ डिग्री सेल्सियस अर्थात ९९।५ डिग्री फरेनहाइटभन्दा भन्दा तल झरेको अवस्थालाई हाइपोथर्मिया अर्थात् शरीर चिसिने समस्यालाई नै शीताङ्ग भनिन्छ ।

यस्तो समयमा शरीरका हातखुट्टा मात्रै चिसो नभई श्वासप्रश्वासमा समेत समस्या देखिन्छ । त्यसैले यो विषयमा सावधान हुन चिकित्सकहरुको सुझाव छ ।

त्यस्तै मुटुको चाल बढ्न गई रक्तचाप अनियन्त्रित हुने गर्दछ । जसबाट व्यक्तिको मृत्युसमेत हुन सक्छ । त्यसैले यदि तपाईं पनि जाडो भगाउने बहानामा मदिरा सेवन गर्दै हुनुहुन्छ भने विचार गर्नुस् है ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका