जोडिनुहोस
  • होमपेज
  • युनाईटेड एफए कपको क्वाटरफाइनलमा

खेलकुद

युनाईटेड एफए कपको क्वाटरफाइनलमा

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन १८, २०७९
युनाईटेड एफए कपको क्वाटरफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वेस्ट ह्यामलाई ३-१ गोल अन्तरले हराउँदै युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।

खेलको ५४ औं मिनेटमा सेड बेन्रह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७७ औं मिनेटमा वेस्ट ह्यामका नाएफ अगुएर्डले आत्मघाती गोल गरेपछि युनाईटेड खेलमा फर्कियो ।

खेलको ९० औं मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-१ को जित दिलाए । अब युनाईटेडले क्वाटरफाइनलमा फुलहमको सामना गर्नेछ ।

टोटेनहम र साउथह्याम्पटन भने प्रतियोगिताबाट बाहिरिएको छ । टोटेनहमलाई सेफिल्ड युनाईटेडले १-० ले पराजित गर्यो ।

साउथह्याम्पटन भने ग्रिम्सबी टाउनसँग २-१ ले पराजित भयो । बर्नलीले फ्लिटउड टाउनलाई १-० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका