जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले फोन गरेर मन्त्रीहरूलाई बोलाए सिंहदरबार

प्रधानमन्त्री प्रचण्डले फोन गरेर मन्त्रीहरूलाई बोलाए सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई सिंहदरबारमा बोलाएका छन् । प्रचण्डले सबै मन्त्रीहरुलाई तत्काल सिंहदरबार आइपुग्न सचिवालयमार्फत फोन गरेर बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसअघि नै सबै मन्त्रीलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त गर्ने तयारी गरेको छ । प्रहरी आईजीमा बसन्त कुँवर, श्याम ज्ञवाली र दीपक थापामध्ये एकजना बन्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका