जोडिनुहोस
  • होमपेज
  • इन्डियन प्रिमियर लिग : चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो

इन्डियन प्रिमियर लिग : चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ ।

शनिबार राति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो। चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो।

जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । चेन्नईका अजिक्या रहाणेले ६१ रन बनाएका थिए । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए ।

मुम्बईका जेसन बेहरनडोफ, पीयूष चवला र कुमार कार्तिकेले एकरएक विकेट लिए । त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो ।

मुम्बईका ईशान किशनले सर्वाधिक ३२ रन बनाए । चेन्नईका रविन्द्र जडेजाले ३ विकेट लिए । मिचेल सान्टनार र तुषार देशपान्डेले समान २ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका