जोडिनुहोस
  • होमपेज
  • आईपीएल: पञ्जाबले लखनउलाई हरायो

आईपीएल: पञ्जाबले लखनउलाई हरायो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले तेस्रो जित निकालेको छ। अटल बिहारी क्रिकेट स्टेडियममा गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हराउँदै पन्जाबले तेस्रो जित निकालेको हो।

लखनउले दिएको १ सय ६० रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ८ विकेट गुमाएर १ सय ६१ रन जोड्दै पूरा गर्यो। पन्जाबको जितमा सिकन्दर राजाले ५७ अर्धशतकीय इनिङ खेले। लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २र२विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो।लखनउका लागि कप्तान केएल राहुलले ७४ रनको अर्धशतकीय इनिङ खेले। केली मेयर्सले २९ रन जोड्दा कुर्नाल पान्डयाले १८ तथा मार्कुस स्टोनिसले १५ रन जोडे।

पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए। जितसँगै पन्जाबले ५ खेलमा ६ अंक जोडेको छ। पन्जाब चौंथो स्थानमा उक्लिएको छ। लखनउ ६ अंक नै जोडेर दोस्रो स्थानमा रहेको छ। प्रतियोगिता अन्तरगत आज गुजरात टाइटन्स र राजस्थान रोयल्स तथा मुम्बई इन्डियनन्स र कोलकाता नाइटराइडर्सबीच खेल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका