जोडिनुहोस
  • होमपेज
  • तनहुँमा भीरबाट लडेर ५३ वर्षीय वृद्धको मृत्यु

स्वास्थ्य/जीवनशैली

तनहुँमा भीरबाट लडेर ५३ वर्षीय वृद्धको मृत्यु

  • Sagarmatha TV
  • सोमवार, बैशाख १८, २०८०
तनहुँमा भीरबाट लडेर ५३ वर्षीय वृद्धको मृत्यु

तनहुँ– जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भीरबाट लडेर मृत्यु भएको छ ।

 घर नजिकै रहेको चण्डीभयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनी आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन् । 

भीरको रुखमा अडकिएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली र गण्डकी प्रदेश प्रहरी गण पोखराबाट खटिगएको संयुक्त टोलीले शवलाई भीरबाट बाहिर निकालेको थियो ।

स्थानीयवासीको सहयोगमा साढे तीन घण्टाको प्रयासपश्चात् मृतक थापाको शवलाई सुरक्षित साथ भिरदेखि करिब दुई सय मिटर तल समथर भूभागबाट निकालिएको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्काका साथै प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका