जोडिनुहोस
  • होमपेज
  • उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । उज्वेकिस्तानलाई हराउदै नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट गुमाएको नेपालले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमनका साथ खेल जितेको हो । घरेलु टोली नेपालले ८ टोली सहभागी प्रतियोगितामा तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ । हारसँगै उज्वेकिस्तानले चौथो स्थानमा रहँदै प्रतियोगिता समाप्त गरेको छ ।

पहिलो सेट २५-२० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएको थियो । तेस्रो, चौथो सेट २५-१५ र २५-१३ मा जितेर नेपालले तेस्रो स्थान पक्का गरेको हो ।

शुक्रबार भएको सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले फाइनल पुग्नबाट बन्चित भएको थियो ।

उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो । उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका