जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी, सुई लगाउँदा–लगाउँदै पक्राउ

स्वास्थ्य संयोजककी श्रीमती नै नक्कली स्वास्थ्यकर्मी, सुई लगाउँदा–लगाउँदै पक्राउ

बैतडी । पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रामसागर साहकी श्रीमती नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी छन् । उनको साथबाट प्रहरीले औषधी र सुईसमेत बरामद गरेको छ ।

स्वास्थ्य शाखा संयोजक साहले श्रीमती श्यामा साहलाई जनकपुरबाट पञ्चेश्वर बोलाई औषधी पसल सञ्चालन गर्न लगाएका थिए । । उनले श्रीमतीको नाम राखेर श्यामा क्लिनिक चलाउँदै आएको पत्ता लागेको छ । पुर्ख्यौली घर जनकपुर भए पनि विगत १७ वर्षदेखि बैतडी बस्दाबस्दै श्यामाले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोल्ने गरेको पाइएको छ । श्यामाले नै बिरामीको रगत तानेर ल्याबमा परीक्षण गर्ने गरेको बताइएको छ । उनमा स्वास्थ्य उपचार तथा औषधीसम्बन्धी कुनै शिक्षा नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालयले स्थानीयको जनगुनासोपछि गत जेठ २ गते मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरेको मेडिकल पुनः सञ्चालन गरी बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले श्यामा साहलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले प्रशासन कार्यालयले अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः सञ्चालन गरेको पाइएपछि सञ्चालक श्यामालाई पक्राउ गरिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका