जोडिनुहोस
  • होमपेज
  • जोकोभिचलाई हराउँदै अलकराज च्याम्पियन

जोकोभिचलाई हराउँदै अलकराज च्याम्पियन

काठमाडौं । नोभाक जोकोभिचलाई हराउँदै कार्लोस अलकराजले विम्बल्डन पुरुषतर्फको उपाधि जितेका छन् । पछिल्लो समय टेनिसमा जोकोभिचको प्रभुत्वमाथि शानदार जित सहित अलकराजले विम्बल्डनको पुरुष एकलमा पहिलो उपाधि जितेका हुन् ।

स्पेनका २० वर्षका अलकाराजले १–६, ७–६ (८–६), ६–१, ३–६, ६–४ को सेटमा जित निकालेका हुन् । जोकोभिच लगातार पाँचौ जितका लागि अघि बढेका थिए । पुरुषतर्फको आठौं र मुख्य २४ औं उपाधिका जितेर कीर्तमान बराबरी गर्ने लक्ष्यमा थिए ।

तर ३६ वर्षका सर्वियनलाई शीर्ष वरियताका अलकाराजले स्तब्ध बनाए । जसले मुख्य दोस्रो उपाधि हात पारे ।

‘मेरालागि सपना बास्तविकता बनेको छ ।’ अलकाराजले भने । ‘जसले मात्र चौथो ग्रास कोर्ट प्रतियोगिता खेलेका थिए ।’

‘यदी मैले हारेको भएपनि गर्वनै गर्ने थिए । यो अवसरको यो चरणमा खेल्नका लागि समक्ष हुनु, २० वर्षको उमेरमा, वास्तवमा निकै चाँडो हो ।’ उनले भने । ‘म आफैले गर्वको महशुश गरेको छु ।’ उनले थपे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका