जोडिनुहोस
  • होमपेज
  • जी–२० अन्तर्गत युवा विशेष शिखर सम्मेलन भारतको वाराणसीमा सफलतापूर्वक सम्पन्न

जी–२० अन्तर्गत युवा विशेष शिखर सम्मेलन भारतको वाराणसीमा सफलतापूर्वक सम्पन्न

वाराणसी— भारतको अध्यक्षता भईरहेको जी–२० अन्र्तगत युवा केन्द्रित शिखर सम्मेलन वाराणसीमा सफलतापूर्वक सम्पन्न भएको छ । चार दिने युवा केन्द्रित शिखर सम्मेलन युथ २० भएको थियो । सम्मलेनमा जी–२० देश सहित आमन्त्रिण देश तथा अन्र्तराष्ट्रिय संस्थामा प्रतिनिधिसहित १५० भन्दा बढीको सहभागिता भएको थियो ।

चार दिने शिखर सम्मेलन विभिन्न युवा केन्द्रित पाँच एजेण्डामा छलफल भएको थियो । त्यसो त, भारतको समृद्ध कला, संस्कृति र सम्पदाले विश्वभरका प्रतिनिधिहरूमा अमित छाप छोडेको छ । पवित्र शहर वाराणसीको समृद्ध र विविध सांस्कृतिक सम्पदाको साथै यसको आध्यात्मिकता, साहित्य, कला र संगीतले जी–२० राष्ट्रहरू, आमन्त्रिण देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूका प्रतिनिधिहरूलाई पनि मंत्रमुग्ध भएका थिए ।

यस शिखर सम्मेलनको उद्देश्य अन्य सरोकारवालाहरूसँग सहकार्य र सञ्जालका लागि अवसरहरू प्रदान गर्ने, युवाहरूको विकासमा योगदान पुर्‍याउने र विश्वव्यापी प्लेटफर्ममा युवा एजेन्डाबारे छलफल गर्ने लक्ष्य राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका