जोडिनुहोस
  • होमपेज
  • साफ यू – १९ को सेमिफाइनल आज, नेपालले भारतको सामना गर्दै

साफ यू – १९ को सेमिफाइनल आज, नेपालले भारतको सामना गर्दै

काठमाडौँ । आज साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलका दुवै खेल हुदै छन् ।

दशरथ रंगशालामा पहिलो खेल पाकिस्तान र भुटानबीच अपराहन्न साढे १ बजेदेखि हुने छ भने दोस्रो खेल नेपाल र भारतबीच साँझ साढे ५ बजेदेखि हुने छ ।

नेपाल समुह ए मा एक जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले हार बेहोरेको थियो भने माल्दिभ्सलाई भने ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै पाकिस्तानले नेपाललाई पराजित गरेको थियो भने माल्दिभ्ससँग बराबरी खेल्दै समुह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी समुह बी मा भारतले दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने भुटानले एक जित र एक हारसहित समुहमा उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका