जोडिनुहोस
  • होमपेज
  • नेपालको जलविद्युत्मा लगानी गर्न एसियाका बैंकलाई अर्थमन्त्रीको आग्रह

नेपालको जलविद्युत्मा लगानी गर्न एसियाका बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा प्रकाशशरण महतले एसियाका विभिन्न देशका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाण्डौमा भएको ३९ औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित उर्जालाई प्रोत्साहन गर्ने बताउनु भयो । उहाँले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो ।

उहाँले सरकारले जलविद्युत् क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले विश्व बैंक र एडीपीले पनि नेपालको ठूलो जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताउनु भयो ।

उहाँले पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिनु भयो । अर्थमन्त्री महतले सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको दाबी गर्नुभयो ।

उहाँले आम नागरिकलाईसमेत प्रत्यक्ष लाभ हुने गरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रले देशको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पु¥याएको बताउनु भयो ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको बताउनु भयो । उहाँले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनु भयो । उहाँले डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका