जोडिनुहोस
  • होमपेज
  • जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य अर्थमन्त्री

जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य  अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले स्थानीयको आवश्यकता पूर्ति गर्ने हिसाबमा यो नाकालाई बिस्तारै अगाडि बढाउने बताए ।

आवश्यक पूर्वाधार तयार पारेर सिम्रौनगढ छोटी भन्सारलाई अझै व्यवस्थित गरिने उनले बताए । नेपाल–भारत सीमा व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारतीय पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, अनि विस्तार हुन्छ ।’

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको महतले बताए । ‘बाराको औद्योगिक करिडोर अझ बढाउन सरकारले निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेको छ,’ उनले भने । एयरपोर्ट बने बाराको महत्व अझ विस्तार हुने अर्थमन्त्री महतको भनाइ थियो । ‘बारामा अधिकांश सडक बनिसकेको छ, सुनकोशी–मरिण डाइभर्सन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने छ भने उद्योग, व्यापार र व्यवसाय पनि बढ्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका