जोडिनुहोस
  • होमपेज
  • नयाँबानेश्वर सडकमा गुडिरहेको बस भासियो

नयाँबानेश्वर सडकमा गुडिरहेको बस भासियो

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । उक्त बस शुक्रबार रत्नपार्कतर्फ जाँदै थियो ।

सडकमा गुडिरहेको बस भासिएपछि ट्राफिक प्रहरीहरुले बसलाई सडकबाट साइड लगाउन सहयोग गरिरहेका छन् । बस भासिएपछि यात्रुहरु बाहिरिएका छन् । मानवीय क्षेति भने भएको छैन् । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा नामक संयुक्त निर्माण कम्पनीमार्फत् करिब ६ वर्षअघि माइतीघर–तीनकुने सडक करिब ५० करोड रुपैयाँ लागतमा निर्माण गराएको थियो । आठ लेन फराकिलो उक्त सडकका दुवैतर्फ २.५ मिटर फुटपाथ र २.५ मिटरकै साइकल लेन छ । दुवैतर्फ चार लेन सडकपछि दुई–दुई मिटरको हरियो बगैंचा निर्माण गरिएको छ ।

यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका