जोडिनुहोस
  • होमपेज
  • बाबर हायातको शतकमा हङकङले दियो नेपाललाई २ सय १३ रनको लक्ष्य

बाबर हायातको शतकमा हङकङले दियो नेपाललाई २ सय १३ रनको लक्ष्य

एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङले नेपाललाई २ सय १३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो ।
त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले पहिलो खेल भोलि हङकङसँग खेल्नेछ । यस्तै नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते शृङ्खलाको फाइनल खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका