जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल चैत ११ गते आइतबारको राशिफल

आज २०८० साल चैत ११ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः साथीसँगको भेट रमाइलो हुनेछ। मन शान्त हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुने योग छ। पुरानो सम्बन्धको सम्झना रमाइलो हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

वृषः दैनिकी सामान्य छ। बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। आफन्तसँगै विवाद हुनसक्छ। हरेक काम गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ। खानापानमा ख्याल नगरे पुरानो रोगले सताउने छ।

मिथुनः दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग संगत हुनेछ। राजनीतिमा सफलता हात लाग्ने योग छ। जुनसुकै काम गर्दा पनि हिम्मत गर्नुपर्ने देखिन्छ। शेयर र चिट्ठामा फाइदा हुनेछ।

कर्कटः समय राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। तपाईंको बोलीको प्रभाव समाजमा देखिन्छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। घर र समाजमा सकारात्मक प्रभाव पर्नेछ।

सिंहः दिन राम्रो छ। सोचेको काम बन्नेछ। व्यापारमा फाइदा हुनेछ। धर्ममा मन जानेछ। मनले खाएको मान्छेसँग भेट हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारको समझदारीमा अगाडि बढ्नु राम्रो हुन्छ।

कन्याः दैनिकी सामान्य छ। स्वास्थ्यमा गढबढी हुनसक्छ। दोधार मनले गर्दा काम नबन्ने खतरा छ। चुनौतीपूर्ण दिन भएकाले गलत निर्णय हुनसक्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

तुलाः दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। भोजमा सहभागी हुने अवसर प्राप्त होला। बौद्धिक व्यक्तिसँगको भेटले दिन फलदायी हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिकः समय राम्रो छ। सोचेको काम बन्नेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ शुभ समाचार सुन्ने अवसर प्राप्त हुनेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। लामो समयको संघर्षपछि न्याय मिल्नेछ। रोजगारीको अवसर सिर्जना हुनेछ। साथीले सहयोग गर्ने योग छ।
तपाईले गरेको लगानीबाट सन्तोष मिल्नेछ।

मकरः घरको विवादले मन खिन्न हुनेछ। दिन सामान्य छ। मन खुशी राख्न योग र ध्यान गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुने योग छ। खानपानमा ख्याल गरेमा स्वास्थ्य लाभ प्राप्त हुनेछ।

कुम्भः आजको दिन राम्रो छ। सम्मान प्राप्त हुने दिन छ। धेरै अवसर एकसाथ अगाडि देखिने छन्। नयाँ कामको थालनी हुने योग छ। परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ।

मीनः समय राम्रो छ। साथीसँग रमाउने दिन हो। साथी र दाजुभाइले सहयोग गर्नेछन्। मन खुशी हुनेछ। लगानीको क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका