जोडिनुहोस
  • होमपेज
  • एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित

एसीसी प्रिमियर कप- कतारसंग मलेसिया पराजित

कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरको हो ।

वर्षाले प्रभावित यो खेल १८(१८ ओभर खेलाइएको थियो । यस अघि पहिला ब्याटिङ गरेको मलेसियाले १८ ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारको यो तेस्रो खेलमा पहिलो जित हो । यो जितपछि कतार २ अंकसहित समुह ए मा चौथो स्थानमा रहेको छ । त्यस्तै मलेसियाको यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको मलेसिया तेस्रो स्थानमा रहेको छ । समुह ए मा नेपालले ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका