जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं ।नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान १० स् ३० बजे नयाँ वानेश्वर स्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीको विस्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने भएको छ।

राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले एमाले नेतृत्वको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका