जोडिनुहोस
  • होमपेज
  • भारतबाट फर्किने अधिकांशमा मानिसहरुमा कोरोना पुष्टि

भारतबाट फर्किने अधिकांशमा मानिसहरुमा कोरोना पुष्टि

बैतडी : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ह्वात्तै बढेको छ। केही महिना संक्रमण शुन्य रहेको भए पनि चैतमा भने संक्रमणदर ह्वात्तै बढेको हो।

यस प्रदेशमा चैतमा मात्रै २८८ जनामा संक्रमण पुष्टि भएको छ।  यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ।

संक्रमण देखिने सबैजसो भारतबाट फर्किएका रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

भारतका विभिन्न शहरमा कोरोना संक्रमण देखिएकोले त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो। भारतका विभिन्न शहरमा कोरोना फैलिएकोले  त्यसको असर यहाँ पनि परेको जोशीले बताए।

उनले भने, ‘संक्रमण पुष्टि हुने सबैजसो भारतबाट आएका रहेका छन्।  भारतमा संक्रमण तीव्र रूपमा फैलिरहेकोले दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले त्यसको असर यहाँ परेको देखिन्छ।

नयाँ वर्ष तथा विशु पर्व मनाउन गाउँ फर्किनेको संख्या बढेकाले संक्रमणदर पनि वृद्धि भएको  जोशीले बताए। भारतमा संक्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेकोले सर्तकता अपनाउन थालिएको छ।

भारतसँगका यहाँका झुलाघाट, पुलघाट,जौलजिवी, गड्डाचौकी र त्रिनगर नाकामा हाल पनि नियमित रूपमा कोरोना परीक्षण कार्य जारी रहेको निर्देशनालयले जनाएको छ।

यी नाकाहरूमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेनमार्फत कोरोना परीक्षण गरेर मात्रै स्वदेश भित्रिन दिइने गरिएको छ।  परीक्षणपछि संक्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरिएको छ।

होम आइसोलेसनमा बस्न भनिने गरिएको भएपनि संक्रमितहरूले आइसोलेसनको मापदण्डअनुसार नबस्दा समुदायमै जोखिम बढेको जोशीले बताउनुभयो। उनले भने, ‘हामीले संक्रमित भएकालाई होम आइसोलेसनमा बस्ने भन्ने गरेका छौं, उनीहरूले होमआइसोलेसनमा नबस्दा समुदायस्तरमै कोरोना संक्रमण फैलने जोखिम बढेको छ।

संक्रमणको जोखिम बढेसँगै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ। प्रदेशका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउन कार्य जारी रहेको निर्देशनालयले जनाएको छ। यसका साथै संक्रमण बढ्दै गएकाले  जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयको आग्रह छ।

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४  हजार ८८ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार एकसय ६८ जनामा संक्रमण देखिएको छ।  संक्रमणका कारण हालसम्म ६३५ जनाको ज्यान गइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका