जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिला टी–२० कोशी र मधेश प्रदेशको जित

प्रधानमन्त्री कप महिला टी–२० कोशी र मधेश प्रदेशको जित

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशले जित निकालेका छन् । आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । योसँगै कोशी प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।  सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीकी काजल श्रेष्ठ र रुविना चौधरीले क्रमशः ५४ र ५१ रनको अर्धशतकीय इनिङ खेले । सुदूरपश्चिमकी अनु कडायतले दुई विकेट लिइन् । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । प्रतियोगितामा ६ खेल खेलको कोशी प्रदेश १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने सुदूरपश्चिम ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, मुलपानी मैदानमा भएको अर्को खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हराएको छ । लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेशले १८ ओभर ५ बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । मधेशकी पूजा महतोले ६० रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, अनुराधा चौधरी र सरस्वती कुमारीले १२ रन बनाइन् । लुम्बिनीकी कमला जिएम र सुस्मिता भुसालले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन जोडेको थियो । यो जितसँगै ६ खेलबाट ४ अंक जोडेको मधेश छैटौँ स्थानमा छ भने ४ अंक नै भएको लुम्बिनी प्रदेश पाँचौँ स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका