जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति

काठमाडौं : नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले प्रधानमन्त्रीले अहिलेको व्यवस्था उल्टिन खोजेको भनाइप्रति आपत्ति जनाएका हुन्।

‘नयाँ वर्षमा प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा पर्यो। यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको? सार्वभौम सदन चलिरहेको बेलामा प्रधानमन्त्रीले यो व्‍यवस्थामाथि संकट आएको हो भने सदनमा आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो। सदन सूचित हुनुपर्यो,’ उनले भने।

सांसद गैरेले अहिलेको व्यवस्था कसले उल्ट्याउन खोज्यो? कसका कारण संकट प्रदा गर्न खोज्यो सबै विषयको जानकारी सदनलाई गराउन आग्रह गरे।

‘कसले यो व्यवस्था उल्ट्याउन खोजेको छ? को कारणले संकट पैदा हुन खोजेको हो? ती चुनौतीहरुलई सामना गर्न संसद तयार हुनुपर्छ। त्यो जानकारी प्रधानमन्त्रीले सदनमा गर्नुपर्छ। ध्यानाकर्षित गर्न चाहन्छु,’ उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका