जोडिनुहोस
  • होमपेज
  • उपाधि होडमा रहेको आर्सनल विजयी

उपाधि होडमा रहेको आर्सनल विजयी

काठमाडौँ— इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको आर्सनलले सफलता हात पार्दा शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ ।

आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको हो । सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको आठौं मिनेटमा घरेलु टोली न्यूक्यासलले पेनाल्टीको अपिल गरेपनि भिएआरले मान्यता दिएन ।

१४औं मिनेटमा कप्तान ओडेगार्डले जर्गिन्होको पासमा गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । त्यसपछि ७१औं मिनेटमा फावियनले आत्मघाती गोल गरेपछि आर्सनल विजयी हुन सफल भयो ।

ओडेगार्डको प्रहारलाई बचाउने क्रममा फावियनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । यस जितसँगै आर्सनलले शीर्षस्थानको सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ । एक खेल बढी खेलेको आर्सनलको ३५ खेलबाट ८१ अंक छ । एक खेल कम खेलेको सिटीको ८२ अंक छ ।

पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तरगत अर्को खेलमा युनाइटेड घरेलु टोली वेस्ट ह्याम युनाइटेडसँग १–० ले पराजित हुँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेडको हारमा पहिलो हाफमा सेड बेनरहमाले गरेको गोल नै निर्णायक बन्यो ।

युनाइटेड ३४ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा यथावत छ । युनाइटेडलाई हराएको वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५औं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका